विराटनगर । प्रदेश नं. १ सरकारले अघिल्लो सरकारले राजनीतिक नियुक्ति दिएकाहरुलाई राजीनामा दिन आग्रह गरेको छ । प्रदेश १ सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मौसम ले पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यले विभिन्न वोर्ड तथा समितिहरुमा राजनीतिक नियुक्ति दिएका व्यक्तिहरुलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
विराटनगरमा अवस्थित मन्त्रालयमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा मन्त्री आङ्बोले अघिल्लो सरकारले गरेका राम्रा कामलाई भने निरन्तरता दिने बताए । ‘सरकारले गरेका राम्रा कामहरू र हिजोदेखि सरकारले दायित्व सृजना गरेर अगाडि बढाएका कामलाई हामी निरन्तरता दिन्छौं,’ उनले भने, ‘हामी राजनीतिक पूर्वाग्रहका आधारमा पहिलेको सरकारले अघि बढाएका कार्यक्रमलाई बीचैमा तुहाउने, फाल्ने वा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाउने पक्षमा हामी छैनौं ।’
प्रदेश १ को बजेट पुनरावलोकन गर्ने मन्त्री आङ्बोले अनुत्पादक क्षेत्र र व्यक्तिगत स्वार्थकेन्द्रित भएर आएका कार्यक्रम खारेज गरिने बताए ।




















प्रतिक्रिया