नेपाली कांग्रेसको ६ वटै प्रदेशहरुमा अधिवेशन भैरहेको छ । आज एकैदिन ६ प्रदेशको मतदान हुँदै गर्दा प्रदेश २ मा भने भोलिमात्र मतदान हुने भएको छ ।
बागमती प्रदेशमा मतदान कति बेलाबाट सुरु हुने भन्नेमा निर्वाचन समितिनै अलमलमा परेको देखिएको छ । बिहान ९ बजे हुने भनिएको मतदान सुरु हुन नसक्दा विनार्चन आयोगले प्राविधिक कारणा देखाएको बताइएको छ ।
मतदान स्थलको मूलगेटमा मतदाताहरुको भिड लागेको छ । मूलगेटमा पुर्वपश्चिम राजमार्ग जोडिएकोले सवारी साधानहरुलाई आवतजावतमा समस्या आएको बताइएको छ । त्यहा अधिवेशनको व्यवस्थापन कमजोर भएको प्रतिनिधिहरुले बताएका छन् ।
बागमती प्रदेशमा संस्थापनपक्षबाट इन्द्रबहादुर बानिया, पौडेल पक्षबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधान सभापतीमा भिड्दै छन् । बागमती प्रदेशमा संस्थापन पक्ष केहि बलियो देखिएको छ । बानिया बागमती प्रदेशका संसदीय दलका नेता पनि हुन् ।
मुलुक संघीयतामा गएपछि पहिलो पटक कांग्रेसले चुनावमार्फत नेतृत्व चयन गर्न लागेको हो । कांग्रेसको महाधिवेशन भने काठमाडौंमा यही मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।
यसपालिको निर्वाचनमा विशेषगरी संस्थापन र इतर पक्षबीच भिडन्त भइरहेको छ । कुनै क्षेत्रमा संस्थापन र कुनै क्षेत्रमा इतर पक्षबीच निकै कडा टक्कर देखिने समीकरण बनिरहेको छ ।
केही प्रदेशमा भने कांग्रेसभित्रको तीन धार संस्थापन (शेरबहादुर देउवा), इतर (रामचन्द्र पौडेलसहितको पक्ष) र तेस्रो धार कृष्णप्रसाद सिटौला पक्षबीच भिडन्त हुँदैछ । कुनैमा भने तीन पक्षमध्ये दुई पक्ष मिलेर अर्को पक्षसँग प्रतिस्पर्धा गरिरहेको पनि पाइएको छ ।





















प्रतिक्रिया