नेपाली कांग्रेसको लुम्बिनी प्रदेशमा भएको निर्वाचन अन्तर्गत आइतबार अपरान्ह ५ बजेसम्म ६१५ मत गणना भएको छ ।६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुनले ३४४ मतका साथ अग्रता कायम गरेका छन् ।
पार्टीको संस्थापन समूहका भरतकुमार शाहले भने २१६ मत ल्याएका छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पनि पुनकै प्यानलमा रहेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
सहमहामन्त्रीमा शाहको प्यानलबाट उम्मेदवार बनेकी माया पुनले भने पछ्याइरहेकी छन् । उपसभापतिमा पुनको प्यानलका अष्टभुजा पाठकले ३१९ र भुवनप्रसाद श्रेष्ठले ३३१ मत प्राप्त गरेका छन् ।
शाह प्यानलका उम्मेदवार राजु खनालले २१६ र सुधाकर पाण्डेले १९१ मत प्राप्त गरेका छन् । त्यस्तै, महामन्त्रीमा पुनको प्यानलका बिक्रम खनालले ३३८ र सुरेन्द्रराज आचार्यले ३२९ मत ल्याउँदा शाहको प्यानलका खिमान सिंह रायमाझीले १९४ र जन्मजय तिमल्सिनाले १९२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, सहमहामन्त्री पुन प्यानलका विष्णु मुस्कान र खगराज पाण्डेलाई शाहको प्यानलकी माया पुनले पछ्याइरहेकी छन् । जसअनुसार पुनको प्यानलका विष्णु मुस्कानले ३६९, खगराज पाण्डे ३३६ र शाहको प्यानलकी माया पुनले ३३४ मत प्राप्त गरेकी छन् ।
सहमहामन्त्रीमा पुनको प्यानलकी निमा गिरीले ३१७ मत ल्याएकी छन् भने शाहको प्यानलका लक्ष्मीनारायण श्रेष्ठले २१० र सरिता चौधरीले २०६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
अहिलेसम्मको मत परिणामलाई हेर्दा प्रतिनिधिहरूले प्यानलमा मत दिएको देखिएको छ ।




















प्रतिक्रिया