Logo

धर्म / संस्कृति

लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुने



गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव लुम्बिनी होटल संघले गर्ने भएको छ ।

लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी विहिबार जानकारी दिएको छ । गत वर्षहरुकै महोत्सवलाई निरन्तरता दिने गरी अहिले थप परिष्कृत र सावधानी अपनाउँदै महोत्सव गरिने योजना रहेको लुम्बिनी होटल संघले बताएको छ ।

सडक खाना महोत्सवमा बौद्धकालिन परिकारदेखि स्थानीयस्तरमा पाइने तथा तारे होटलहरुको परिकार उपलब्ध हुनेछ । महोत्सवमा लुम्बिनीका होटलहरूमा ५० प्रतिशत भन्दा बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पाहुनाले पाउने संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १८:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।