उर्लावारी । सोफमा बस्न नपाएपछि उर्लावारीमा एमाले उपाध्यक्षको समूहद्वारा विद्यार्थीमाथि कुटपिट भएको छ । उर्लावारी बहुमुखी क्याम्पसमा मंगलबार आयोजित कार्यक्रममा गुण्डागर्दी पृष्टभूमि भएका उपाध्यक्ष कुमार लिम्बूलाई सिट अपुग भएर प्लास्टिकको कुर्सीमा राख्न खोज्दा विद्यार्थीमाथि कुटपिट भएको हो ।
लिम्बू निकट उर्लावारी ४ आइतबारेका टोले गुण्डा इमिल थिङ लिम्बू, गौतम तामाङलगायतले विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको हो ।
लिम्बूको समूहले विद्यार्थीहरु रामु तिवारी र दिलिप पोखरेलेमाथि कुटपिट गरेको हो । घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
तिवारीको शरीरमा विभिन्न चोट लागेको भने पोखरेलको टाउकोमा चोट लागेको छ ।
उर्लावारी बहुमुखी क्याम्पसका कुनै सरोकार नै नभएका लिम्बू क्याम्पसभित्र प्रवेश गरेर विद्यार्थीहरुमाथि कुटपिट गरेको हो ।
यस्तो हो घटना
बुधबार एमाले निकट अनेरास्वास्वीयूले उर्लावारी क्याम्पस सम्मेलन आयोजना गरेको थियो । त्यही कार्यक्रममा गुण्डागर्दी पृष्टिभूमि भएका एमाले उर्लावारीका उपाध्यक्ष कुमार लिम्बू पनि उपस्थित थिए । अतिथी आसन ग्रहण गर्ने क्रममा अन्य अतिथीहरुलाई सोफामा राखिएको थियो । सोफा अपुग भएपनि लिम्बूलाई कुर्सीमा राखिएको थियो ।
त्यही विषयलाई लिएर कुमारका सहयोगी इमिलले तिवारीलाई बसेको ठाउँबाट उठ्न लगाए । त्यसपछि उनले तिवारीलाई स्टेज पछाडि बोलाएर कुटपिट गर्न थाले । इमिलसहित गौतम तामाङसहित अन्य १० जनाका गुण्डाहरुले तिवारीमाथि आक्रमण गरेका थिए । नजिकै रहेका पोखरेलले किन कुटपिट गरेको भन्दा उनीमाथि इमिल समूहले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।
उक्त घटनालाई लिएर उर्लावारी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु पनि त्रासित भएका छन् । यसअघि पनि टोले गुण्डाहरुले क्याम्पसका विद्यार्थीहरुलाई दुःख दिने गरेको घटनाहरु हुँदै आएपनि गुपचुप हुँदै आएको थियो ।
यसैबीच सोफा बस्न नपाएर विद्यार्थीहरुलाई कुटपिट गरेको विषयलाई लिएर उपाध्यक्ष लिम्बूलाई सोध्दा उनले यस घटनाबारे आफूलाई थाहा नभएको र आफूले कसैलाई पनि कुटपिट गर्न निर्देशन नदिएको दाबी गरे । उनले उक्त घटना त्यति ठूलो नभएको दाबी गरे ।




















प्रतिक्रिया