Logo

अनलाइनपाना खोज

चिडियाखानाको बाघ अब आफैँ पाल्न पाइन्छ



काठमाडौँ । अचम्म लाग्न सक्छ ? बाघ पाल्न पाइन्छ भन्ने खबर सुन्दा । तर यो सत्य हो । बाघ पाल्न पाइन्छ । हाम्रै देशमा तर घरमा भने होइन चिडियाखानामा । कोभिड–१९ महामारीका कारण लामो समयसम्म आगन्तुकविहीन बनेको देशको एकमात्र चिडियाखानाले तपाईँले चाहेको जनावर पाल्न सक्ने कार्यक्रम ल्याएको छ । झन्डै ११२ प्रजातिका एक हजारभन्दा बढी जनावरहरू रहेको चिडियाखानाले जनावरका खानाका साथै स्वास्थ्योपचार, रेखदेख तथा सुरक्षाका लागि वार्षिक झन्डै तीन देखि चार करोड रुपैयाँसम्म खर्च गर्ने सूचना अधिकृत लिना चालिसेले बताइन् । गत मार्च महिनादेखि सुरु भएको कार्यक्रम अन्तर्गत झन्डै डेढ सय जनाले पशुपक्षीलाई ‘एडप्ट’ गरेर जिम्मा लिएको उनले बताइन् ।
ललितपुरको सदर चिडियाखानामा रहेका जनवार र पशुपंक्षीलाई कुनै पनि सार्वजनिक मान्छेले खानाका साथै स्वास्थ्योपचार, रेखदेख तथा सुरक्षाका लागि खर्च व्योहर्न सक्ने कार्यक्रम ल्याइएको छ । तर पालेको जनवार घरमा भने ल्याउन पाइँदैन ।

विमान चालक जिवेश लामाले सुँगाको एक प्रजाति पालेका छन् । बैंकर मनिस थापाले भने बाँदर पालेका छन् । त्यसरी विद्यार्थी नेही मल्लले भने कछुवालाई ‘एडप्ट’ गरेकी छन् । यसरी ‘एडप्ट’ गर्ने क्रम दिनानुदिन बढिरहेको सदर चिडियाखानाका कर्मचारीहरू बताउँछन् ।


कोभिडले अत्यन्त नाजुक अवस्था बनाएपछि यस्तो कार्यक्रम अगाडि सारिएको सूचना अधिकृत लिना चालिसे बताउँछिन् ।


बाघ, हात्ती, गैँडा, चिम्पान्जी र भालुलाई भने खानामा अत्याधिक खर्च लाग्ने बताइएको छ ।


ललितपुरको सदर चिडियाखानामा रहेको बाघलाई प्रतिदिन ६ केजीका दरले मासु चाहिने गर्दछ । र ललितपुरको सदर चिडियाखानामा हाल ५ वटा बाघ रहेका छन् ।


कोभिडले यस्तो अवस्ता सृजना भएपछि ल्याइएको ‘एडप्ट एण्ड केयर क्याम्पियन’ मा हालसम्म डेढ सय जना मानिसले सहभागिता जनाएको तथ्याङ्क रहेको छ ।


क्याम्पियनमा सहभागिहरू, यो हाम्रो सम्पती हो । यसलाई हामीले जर्गेना गयौँ भने मात्र हाम्रा सन्ततिले भावी दिनमा यसको महत्व बुझ्ने बताउँछन् ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार १०:३१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।