हेमजा युनाइटेडको आयोजनामा हुन लागेको “राष्ट्रिय शुभकामना गोल्ड कप फुटबल प्रतियोगिता २०७८“ बारे छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम बुधवार हेमजामा सम्पन्न भएको छ । प्रतियोगिता २०७८ जेठ १ गते देखि ८ गते सम्म पोखरा २५ हेमजाको गौरिसंकर खेल मैदानमा हुदैछ ।
कार्यक्रममा ग्राउन्ड व्यवस्थापन समितिका संयोजक बिशालजङ कुँवर, सल्लाहकार डबलबहादुर कुँवर, प्राविधिक उपसमितिका संयोजक सुदिरकुमार थापा, आर्थिक समितिको संयोजक नारायण कुँवर, आर्थिक समितिको सहसंयोजक कृष्णमान श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ राखेका थिए ।
हेमजा युनाइटेडको आयोजनामा पाँचौँ संस्करणसम्म शुभकामना कपको रूपमा सञ्चालित गरी रहेको थियो । आयोजकले प्रतियोगिता छैटौँ संस्करणमा आउँदा गोल्ड कपको रूपमा खेलाउन लागेको हो ।
अघिल्लो संस्करणसम्म प्रदेश स्तरीय प्रतियोगिता गर्दै आए पनि अब भने ए डिभिजनका क्लबको सहभागिता रहने भएको छ । आयोजक हेमजा युनाइटेडले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र कास्की जिल्ला फुटबल सङ्घलाई गोल्ड कप सञ्चालन गर्नकालागि स्वीकृत माग गरेको थियो । सोही स्वीकृतको आधारमा एन्फाले क्लबलाई जेठको मिति दिएको थियो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु पाँच लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र एवम् दृतिय हुने समूहले नगद रु २ लाख पचास हजार सहित ट्रली, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
हेमजा युनाइटेका उपाध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुनिल गायकले गरेका थिए ।




















प्रतिक्रिया