Logo

अर्थ

प्राइम लाईफ र नेपाल लाईफ इन्स्योरेन्स कारबाहीमा

गैरकानुनी काम गरेको पुष्टि



काठमाडौँ । आफूलाई नेपालकै नम्बर एक विमा कम्पनि दाबी गर्ने नेपाल लाईफ इन्स्योरेन्स कम्पनि र प्राइम लाईफ कम्पनी कारबाहीमा परेका छन् । गैरकानुनी गतिविधि गरेको खुलाशा भएपछी उक्त कम्पनिलाई नियामक निकाय विमा समितिले कारबाही गरेको हो ।
नक्कली कर्मचारी देखाएर प्राइम लाइफ इन्स्योरेन्सले करिब ३ करोड २ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि कारबाही गरिएको हो । समितिले गरेको स्थलगत अनुसन्धानका क्रममा उक्त तथ्य फेला पारेको बताइएको छ । यता नेपाल लाईफ इन्स्योरेन्सले भने अयोग्य कर्मचारीलाई विभिन्न उपसमिति बनाएर काममा लगाएको पुष्टि भएको छ।

कारबाहीमा परेको प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ र २०७६/७६ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ कर्मचारीका रूपमा २९ जना नियुक्त गरेको भनिए पनि उक्त कुरा अनुसन्धानका क्रममा खुल्न नआएकाले उक्त कम्पनीलाई कानुनबमोजिम कारबाही गर्न पत्र काटिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

मंसिर २४ मा समितिले प्राइम लाइफलाई स्पष्टिकरण सोधिएको समितिले जनाएको छ । कम्पनिले समितिलाई समेत फर्जी जवाफ दिएको जनाइएको छ । समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका २०७५ विपरीत भएको समितिको भनाई छ ।
‘तलब भत्ता निर्धारण नै नगरी कर्मचारी खर्चका नाममा ३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखियो,’ समितिका उच्च अधिकारीले भने, ‘कर्मचारी नियुक्त गरेको भनिए पनि उनीहरूको हाजिरी पनि छैन, कर्मचारी विनियमावलीबमोजिम नियुक्त गरेको पनि छैन ।’

प्राइम लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईको कार्यकालमा उक्त घटना भएको हो । यसकारण तत्कालीन नेतृत्वलाई पनि केकस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको बिमा समिति स्रोतले बताएको छ । ‘त्यतिबेला वैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै थियो,’ स्रोतले भन्यो, ‘उक्त समयमा म्यानपावर कम्पनीका मानिसलाई कर्मचारी देखाएर रकम बाँडेको देखियो ।’

यसैगरी नक्कली बिमालेख सम्बन्धमा पनि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको बताइएको छ । ‘बिमा कम्पनीबाट आधिकारिक रूपमा बिमालेख जारी गर्नुपर्नेमा कम्पनीको कमजोर आन्तरिक नियमन प्रणालीका कारण कर्मचारी प्रकाश रेग्मीले कार्यालयको छाप, कागजात प्रयोग गरी नक्कली बिमालेख जारी गरेको भेटियो,’ बिमा समिति सञ्चालक समितिको निर्णयमा भनिएको छ । उल्लिखित विषयमा उच्च अदालत पाटनले पनि कम्पनीको विपक्षमा फैसला गरेको छ ।

‘वैदेशिक रोजगार बिमालाई सुरक्षित, मर्यादित र व्यवस्थित नगरी समितिको निर्देशन उल्लंघन गरेको देखिएकाले बिमकलाई बिमा ऐन २०४९ को दफा ३६ को उपदाफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना किन नगर्ने रु’ समितिको निर्णयमा भनिएको छ । उक्त जरिवाना हुन नपर्ने भए पत्र पाएको ७ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेस गर्न समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

तयसैगरी नेपाल लाइफ इन्स्योरेन्स पनि कारबाहीमा परेको छ । सञ्चालकहरूलाई नियमविपरीत एकभन्दा बढी समिति/उपसमितिमा आबद्ध गराएको र योग्यता नपुगेको व्यक्तिलाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेकोलगायत विषयमा समितिले कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । यही पुस ६ मा बसेको समितिको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । ‘उक्त कम्पनीमा १४ वटा समिति/उपसमितिमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ र विमल ढकाल ३ वटा समिति/उपसमितिमा संयोजक रहेको देखिन आएको हुँदा यस समितिबाट जारी बिमकको संस्थागत सुशासनसँग सम्बन्धित निर्देशिका २०७५ को व्यवस्थाविपरीत रहेको देखियो,’ समितिको निर्णयमा भनिएको छ ।

निर्देशिकामा एउटा समिति तथा उपसमितिम संयोजक रहेको रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन नपाउने व्यवस्था छ । कम्पनीका सहायक महाप्रबन्धक अमितकुमार कयाललाई आवश्यक योग्यता नपुगेकै अवस्थामा नायब महाप्रबन्धक पदमा नियुक्त गरेका विषयमा पनि नेपाल लाइफ इन्स्योरेन्सलाई समितिले कारबाही गर्ने निर्णय गरेको हो । कम्पनिका अध्यक्ष बालुवाटार जग्गा काण्डमा समेत समलग्न रहेका कारण उनलाई पनि छिट्टै सिआइबीले पक्राउ गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १०:४२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।