काठमाडौँ । पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेका छन्। कार्यालयमा कार्यरत पत्रकारहरूका अनुसार प्रहरीले समाचारदाता नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो।
नयाँ पत्रिकाका एक पत्रकारका अनुसार प्रहरीले मैनालीलाई साइबर ब्युरोमा लैजान आएको बताएका छन्।
नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तले महानगरीय अपराध महाशाखाबाट आएको बताउने सादा पोसाकका चार–पाँच जना प्रहरी कार्यालयमा पुगेको जानकारी दिए। उनीहरूले आफ्ना संवाददातालाई साइबर ब्युरो लैजानुपर्ने बताएका थिए।
यसअघि प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पनि कार्यालयबाटै नियन्त्रणमा लिइसकेको छ। उनलाई साइबर ब्युरो पुर्याइएको छ।
साइबर ब्युरेका एसपी दीपक अवस्थीले सुवेदीसहित अन्य केही व्यक्तिसँग पनि सोधपुछ गर्नुपर्ने भएकाले ब्युरोमा ल्याइएको बताएका छन्।



















प्रतिक्रिया