नेपालमा रहेका अनगिन्ति पर्यटकीय गन्तव्यहरू मध्ये दोलखा जिल्लाको कालिन्चोक भगवतीले दुनियाको मन जित्न सफल भैसकेको पर्यटकीय क्षेत्र हो । त्यहाँ हिउँ पर्ने मौसममा जाने पर्यटकहरुलाई स्वर्गिय आनन्दको अनुूुती हुन्छ । हिउँ खेल्दै रमाउन चाहाने पर्यटकलाई यो अत्यन्त उपयुक्त गन्तब्य बनेको छ । पछिल्लो समय फोटो खिच्न, टिकटक बनाउन, भिडियो गर्नका लागि चर्चित र मुख्य गन्तब्य स्थान बनेको छ ।
कालिन्चोक भगवतीको दर्शन गर्न शनिवारको दिन ८ हजारको हाराहारीमा पर्यटकहरु आउने गरेको त्यहाँका पुजारीहरूले जानकारी दिएका छन् । त्यस्तै मंगलवार र विहिवार ५ हजार र अन्यवारहरू ६ सय पर्यटकहरू आउने गरेका छन् । कालिन्चोक भगवतीमा अन्य ऐतिहासिक धार्मीक पर्यटकीय स्थलहरु भन्दा केही छुट्टै विशेषताहरु रहेका छन् । ति विशेषताहरू मध्ये मुख्य विशेषता हो यहाँ मन्दिर छैन् ।
मन्दिर विना नै खुल्ला आकासमा मुर्तिहरू र लाखौंको संख्यामा त्रिशुल र घन्टिहरू रेहका छन् । त्यहाँ आएका भक्तजनहरुले र पर्यटकहरूले बाँधेका रङ्गी विरङ्गी ध्वजाहरुले पर्यटकहरुलाई मनमोहक बनाउँछ । त्यहा पुगेर ध्वजा बानेर र त्रिशुल गाडेर मागेको कुरा पूरा हुने धार्मिक विस्वास रहेको छ ।
नेपालको समय निर्धारण गर्ने गौरीशंकर हिमालको काँखैमा रहेको कालिन्चोक भगवतीलाई काली देवीले तपस्या गरेको ठाउँको रूपमा पनि चिनिन्छ । काली देविले भगवान शिव र देवि पार्वती को तपस्या गरेको भन्ने इतिहांस रहेको छ । कालिन्चोक जानेबाटोमा कुरी बजार छ ।
काली देवीले आफूलाई आक्रमण गर्न आएका राक्क्षेसहरूलाई मारेपछि रगतको भल कुरी बजारमा आएर गनाउने किरा पर्ने भएकोले कुरी कुरी भन्दा त्यस ठाउँको नाम नै कुरी बजार हुन गएको स्थानियको भनाई छ ।
कालिन्चोक भगवतीलाई सुनकोसी र तामाकोसी नदिको मुहानको रुपमा पनि चिनिन्छ । कतिपयले त्यहा विश्वामित्र ऋषिले तपस्या गरेको ठाउँ भनेर पनि चिनाउने गरेका छन् । कालिन्चोक भगवतीमा बलि पनि चडाइन्छ । बलि देविलाई नभई देवि सवार हुने सिंहलाई चडाउने गरेको त्यहाँका पण्डितहरुले बताएका छन् ।
दशैको फूलपातीको दिन गोरखा कालिकामा पुजा गरेर फूलपाती काठमाडौंको हनुमान ढोकामा भित्रयाइने प्रचन जस्तै कालिन्चोकबाट ल्याएको फूलपाती दोलखा भिमेश्वरमा भित्रयाउने प्रचलन रहेको छ । कुरी बजारबाट कालिन्चोक भगवती भएको ठाउँसम्म केबुलकारको सुविधा रहेको छ । भाद्र र असोज महिनामा जाने तिर्थयात्रीहरू कसै कसैलाई भने लेक लाग्ने गरेको पाइएको छ ।
दोलखा जिल्लामा पर्ने कालिन्चोक भगवती जान काठमाडौंबाट १ सय ३२ किलोमिटर उत्तरपूर्वमा पर्ने दोलखाको सदरमुकाम चरिकोट, भिमेश्वर हुँदै जानपर्छ । त्यहाँबाट साना सवारी साधनमा अथवा पैदल हिंडेर चरिकोट, कुरी बजार हुँदै कालिन्चोक पुगिन्छ । यात्रामा चौंरी गाई पनि भेटिन्छ । सेताम्मे हिउँ पर्ने हुनाले त्यहाँ जाने पर्यटकहरूले नेपालको सुइर्जल्याण्ड भनेर पनि भन्ने गरेका छन् ।
मंसिर देखि माघ महिनासम्म त्यहाँ धेरै हिम्पात हुन्छ । हिउँ पर्ने समयमा वृद्धाहरू र बालबालिकालाई जान कठिन हुन्छ । हिउँ खेल्न रुचाउने युवा युवतीहरूको भने निक्कै भिड हुने गछ्र्र । कालिन्चोकमा चौंरी गाईको दुधबाट बनेको छुर्पि पाइन्छ ।





















प्रतिक्रिया