Logo

अन्तर्राष्ट्रिय

रोनाल्डोको गोल, युनाइटेडको सहज जित



म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेकाे छ । युनाइटेड बर्नलीलाई ३-१ गाेल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हाे ।

स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे । २७औँ  बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो । रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन । 

 

युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ ।  कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय  खेल भने स्थगित भएको थियो।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार ०८:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।