Logo

कोशी प्रदेश

डा. शर्मामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न बेलबारी कांग्रेसको माग



विराटनगर । शुक्रबार सिंहदरबार परिसरमा भएको घटना आपत्तिजनक भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न नेपाली कांग्रेस बेलबारीले माग गरेको छ ।बेलबारी कांग्रेसले कसैले कानूनी राज्यको उपहास नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

शनिबार बेलबारीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निकालिएको विज्ञप्तिमा, ‘कानूनी राज्यमा लोकतन्त्रको उपहास भयो, दोषी जो कोहीलाई कारबाही हुनुपर्छ’ भनिएको छ । कांग्रेस बेलबारीका नगरसभापति छत्र लिम्बूले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यार्थी संगठनका केही भिजिलान्तेहरुले शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिरिने क्रममा डा. सुनिल शर्मामाथि भएको दुर्व्यवहार आपत्तिजनक रहेको बताइएको छ । उक्त घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाहीको माग गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज केएमसीका सञ्चालक डा. सुनिल शर्मामाथि शुक्रबार सिंहदरबार भित्रै दुव्र्यवहार भएको थियो । डा. शर्मा गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत हुन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १६:२२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।