विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ सय ४७ संक्रमित थपिएका छन् । प्रदेशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पैदेश भर २१ जना संक्रमणमुक्त भएका छन् भने ३५ जना संक्रमितको प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशभर हाल १ हजार ६ सय ५० जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्याङमा उल्लेख गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले आइतबार जारी गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन अनुसार ६ सय ९५ को पीसीआर परीक्षण गरिंदा ३ सय ४ जना ४३.७४ प्रतिशत र २ सय ५६ को एन्टिजेन जाँच हुँदा ४३ जना १६.८ प्रतिशत संक्रमित देखिएका छन् ।
विराटनगरका १ सय ३७ सहित मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा २–२, खोटाङमा १ र प्रदेश बाहिरका जिल्लाका १९ जना संक्रमित भएको प्रतिवेदनमा उल्लेख छ । एन्टिजेन परीक्षणमा संक्रमित देखिएकामध्ये १९ मोरङका, झापाका १३, भोजपुरका ८, ओखलढुंगाका २ र खोटाङका १ जना भएको मन्त्रालयले जनाएको छ ।
अस्पतालमा भर्ना हुने र होम आइसोलेसनमा संक्रमित थपिने क्रम बढेको बताइएको छ । अस्पतालमा भर्ना भएका ३५ जनामध्ये १७ जनाको आईसीयूमा, ५ को भेन्टिलेटरमा, ११ को एचडीयूमा र १ जनाको आइसोलेसन बेडमा उपचार भइरहेको छ ।
कोरोना कहरको पहिलो चरणदेखि हालसम्म ५ लाख ६ सय ३५ को पीसीआर परीक्षणमा १ लाख १० हजार ४ सय ३६ (२२.०६ प्रतिशत) र १ लाख ६९ हजार ६ सय ६५ को एन्टिजेन जाँचमा ४४ हजार ७२ (२५.९८) संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया