Logo

प्रदेश

काठमाडौं उपत्यकामा मात्रै ३९३९ जनामा कोरोना संक्रमण



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा आइतबार ३ हजार ९ सय ३९ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुर ७ सय ९५ र भक्तपुरमा २ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १३ हजार ९ सय ८६ पुगेको छ । देशभर भने २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरटी–पीसीआर परीक्षणबाट ५ हजार ७ सय ४७ र एन्टिजेनबाट ९ सय ८७ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गरिएको थियो । सोमबार दैनिक संक्रमणदर ३८ दशमलव ६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १७:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।