सुनसरी । प्रहरीले बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् ।
प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, हार आई टीबाट खटिएको प्रहरी टोलीले खोजतलास लुकिछिपी बसेको अबस्थामा आफ्नै गाउँबाट हिजो पक्राउ गरेको थियो ।
पक्राउ परेकाराईलाई शुक्रबार सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको १ नं. प्रदेश प्रहरी कामर्यलय विराटनगरले जनाएको छ ।




















प्रतिक्रिया