Logo

प्रदेश

एक वर्षभित्र तीनै तहको निर्वाचन हुँदा तयार भएर बस्न प्रधानमन्त्रीकाे निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।

प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएका छैनन् । निर्वाचनकाे विषयमा सत्तागठवन्धन पाँच दलमा समेत मत भिन्नता भइ रहेकाे अवट्ठथामा देउवाकाे घाेषाणा स्वागत याेग्य रहेकाे छ ।

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोक्नेबारे सहमति जुटि नसकेको अवस्थामा प्रधानमन्त्री देउवाले एक वर्ष भित्र तीनै तहको निर्वाचन हुने भएकाले सवैलाई तयारी हुन निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १६:४५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।