ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका-६ श्रीचौरमा एक घरमा आगलागी भएको छ । स्थानीय थल बहादुर तामाङको घरमा आगलागी भएको हो।
आगलागीबाट करीब २० लाख बराबरको धनसम्पतीकाे क्षति भएको प्रहरी चौकी श्रीचौरका प्रहरी हवल्दार राजकुमार बस्नेतले जानकारी दिए । स्थानीय स्तरमै उत्पादीत बिजुलीको लाईन सर्ट भएर आगलागी हुँदा घर भित्र भएको अन्नपात, लत्ताकपडा, लगायत सुनचाँदी समेत जलेर नष्ट भएको बस्नेतले बताए । आगलागीबाट घर धित्र भएको एउटा बाख्राको पाठो र केही कुखुरा समेत जलेको उनको भनाइ छ ।
घरमा कोही पनि नभएको अबस्थामा आगलागी भएको र घर धनी अहिले सम्म घर नआइपुगेका कारण स्थानीय तथा जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाउने काम भएको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया