Logo

कोशी प्रदेश

धेरै जनसंख्या भएको चौथो जिल्लामा झापा



झापा । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । तथ्याङक विभागका अनुसार १० वर्षमा १.९३ प्रतिशत जनसंख्या वृद्धि भएको छ ।

देशको कुल जनसंख्याको ३.४१ प्रतिशत जनसंख्या झापाको रहेको तथ्याङकमा उल्लेख छ । औषत परिवार संख्या ४.०४ रहेको विभागको विवरणमा उल्लेख छ ।

आज सार्वजनिक भएको प्रारम्भिक नतिजा अनुसार झापा देशकै धेरै जनसंख्या भएको चाथौ जिल्लामा परेको छ । ०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० जना रहेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:१९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।