Logo

कोशी प्रदेश

सोलुखोला दूधकोसी जलविद्युतको सुरुङ मार्गमा दुर्घटना, एक मदजुर बेपत्ता



सोलुखुम्बु । निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मदजुर बेपत्ता भएका छन् । आज (विहिबार) विहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना मजदुर हराईरहेको र १ जनालाई घाईते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ बर्षीय राकेश चौधरी रहेको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाईते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० बर्षीय अंगत राय थारुको उद्वार गरि उपचारका लागि एम्बुलेन्स मार्फत ओखलढुंगा सामुदायिक अस्पताल मिसन पठाइएको छ ।

आज (विहिबार) करिब ४–५ बजेको समयमा सुरुङ भित्र पेनस्टक पाइप विछ्याउन जानेक्रममा सामाग्री सहित चार जना मजदुर चढेको बकेट विचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए ।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहेपनि अन्य निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ । सुरुङ मार्ग भित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १३:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।