Logo

कोशी प्रदेश

पाचथर र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु



विराटनगर । पाँचथर र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाऊँपालिका–१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

ट्याक्टर सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना हुँदा चालक माङसेबुङ गाउँपालिका–३ का २१ बर्षीय रविन लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवीबाट प्रहरी टोली खटि गई मृतकको शव उद्धार गरेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको जिल्ल प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–७ मा सोही नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र बिपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका ७ बजे एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालकको झापाको बि.एन्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो।

उक्त दुर्घटनामा संग्लग्न सवारी र चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १५:२९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।