Logo

कोशी प्रदेश

मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा दुईवटा शव फेला



विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा छुट्टा–छुट्टै खाल्डामा दुई जना पुरुषको शव फेला परेका छन् । बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव फेला पारेका हुन् ।

बुधबार नै बेलुका उत्खनन् गरेको एउटा खाल्डोबाट प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो । झण्डै ४० मिटरको फरकमा रहेको अर्को खाल्डोमा पनि शंका लागेर उत्खनन् गर्दा अन्दाजी २५ वर्षको जस्तो देखिने अर्को पुरुषको शव पनि फेला परेको छ । उक्त शव आज बिहान उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

उखुबारी स्थानीय गंगा सिंहको रहेकाे र शव केही दिन अगाडिको हुनसक्ने मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद एउटा शव पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ भने अर्को शव पनि ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

गाढेको अवस्थामा भेटिएको एक जना पुरुषको गोजिबाट सिमकार्ड र पर्स पनि फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।