Logo

प्रदेश

लागुऔषध काराेबारी २ भारतीय सहित तीन जना पक्राउ



झापा । झापाको मेचिनगर नगरपालिका १५ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ का २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् ।
शनिबार दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेकाने जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसैगरी दमक नगरपालिका १ डाँडागाउ एकता टोलका २६ बर्षीय प्रकाश सिटौलालाई पनि लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

शनिबार ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट  NITRAVET- ७५ ट्याब्लेट र ESKUF 100 ml को ७ बोतल फेला पारेको थियो ।
पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।