दाङ । लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ ।
स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा प्रदेश सरकारले आइतबारदेखि स्थापना दिवस मनाउन लागेको हो । लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउदै आएको छ ।
राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको लुम्बिनी सरकारले बताएको छ ।
कोरोना संक्रमण कायम रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउन लागेको हो ।




















प्रतिक्रिया