Logo

कर्पोरेट फोकस

आइएमई लिमिटेड र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता



मनीग्राम इन्टरनेशनल, इन्कले आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच रेमिट्यान्स सेवाको लागि सम्झौता गरेका छन् ।  कम्पनीबीच पीटुपी मनी ट्रान्सफरको लागि सम्झौता भएको हो । 

सम्झौता अनुसार विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सकिने छ । 

व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए । प्रमुख सोहेलले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए ।
 
वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास कम्पनीको रहेको छ । 

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा रू. ६०÷– क्यास व्याक प्रदान गर्नेछ । यो अफर आजैदेखि लागु भइ ३१ डिसेम्बर २०२० सम्म कायम हुनेछ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताए । जव कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले भने । 
मनीग्रामका वारेमा ः–

प्रविधिको प्रयोग गरी विप्रेषण सेवा प्रदान गर्दै आइरहेको मनीग्राम पीटुपी सेवामा अग्रणी कम्पनी मानिन्छ । मनीग्राम मनी ट्रान्सफरका लागि अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आइरहेको एक नेतृत्वदायी विप्रेषण सेवाप्रदायक कम्पनी हो । मनीग्रामले २ सयभन्दा बढी देशबाट उचित सेवा शूल्क लिइ छिटो छरितो र विश्वसनीय माध्यमबाट पैसा पठाउने काम गर्दै आइरहेको छ । त्यो मध्ये ७५ भन्दा बढी देशबाट डिजिटल सेवा प्रदान गर्दै आइरहेको मनीग्रामका  विश्वभरी लाखौँ सन्तुष्ट सेवाग्राहीहरू रहेका छन् । 

लाखौँ सेवाग्राहीहरूलाई समयानुकूल र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्न मनीग्रामले मोबाइल र एपीआई प्लेटफर्म सहितका विश्वका अग्रणी रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरूसँग सहकार्य गर्दै आइरहेको छ । प्रविधिको उच्चतम् प्रयोग र सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने कार्यमा विभिन्न अन्वेषण गर्न मनीग्राम प्रतिवद्ध रहँदै आएको छ । कम्पनीको विस्तृत जानकारीका लागि यसको आधिकारिक वेब साइट ःयलभथन्चबm।अयm का साथै २ःयलभथन्चबm लाई फलो गर्न सकिनेछ । 

आइएमई लिमिटेडका बारेमाः–

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमाः

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।  आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।