Logo

विविध

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण 



खोटाङ । आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मंगलबार फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको छ । 

दिक्तेलबजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी फायर हाइड्रेन्ट गेट भल्भ तयार पारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । 

पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ १४ चैत २०७५ देखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको हो । सोही आयोजना अन्तरगत अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १८:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।