Logo

अनलाइनपाना खोज

एनआईसी एशिया बैंकको अतुलनीय सर्वश्रेष्ठ बचत खाता, छैन त काइदा ?



सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा सर्वाधिक उच्च ब्याजदर, रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू उपलब्ध छन् ।

काठमाडौं । एनआईसी एशिया बैंकले बचतको साथमा ल्याएको अतुलनीय फाइदा योजनाले ग्राहकले बचतमा आकर्षक ब्याजदर पाउनुका साथै भविष्यको भवितव्यमा बीमा वापत प्राप्त हुने खर्चले धेरैको मुहारमा खुशी ल्याएको छ । बैंकले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कात्तिक १ गतेदेखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ थप परिस्कृत भई ग्राहकमाझ आएको छ । नेपालको बैंकिङ्ग बजारकै हालसम्मकै उत्कृष्ट फाइदा रहेको यस बचत खातामा उपलब्ध पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका तीन प्रकारका बीमा, सहुलियत कर्जा, शेयर कारोबार र डिजिटल बैंकिङ्गमा निःशुल्क फाइदाहरूले लाखौं ग्राहकहरुको मन जित्ने बैंकको विश्वास रहेको छ ।

सर्वश्रेष्ठ बचत खाताका २४ फाइदा

एन आई सी एशियाले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकको अत्यन्त उत्साहजनक सहभागीता रहेको छ । आम मानिसकोे बैंकिङ्ग आवश्यकता र चाहना पहिचान गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर ग्राहकमैत्री, प्रभावकारी बनाउन बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा फाइदालाई ५ वर्ष अवधिको लागि प्रदान गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत योजनालाई ग्राहकको चाहनाअनुसार तीन प्रकारका श्रेणीमा विभाजन गरेको छ ।

जस्तो कि गुडविल एम्बेसडर, प्राइड र पार्टनर । गुडविल एम्बेसडर बैंकका उत्कृष्ट ग्राहकका लागि हो । जुन बैंकका ब्रान्ड एम्बासडर हुन् भन्दा फरक पर्दैन, जसले बैंकको ग्राहक बढाउन सहयोग गरेका हुन्छन् । यसमा न्युनतम मौज्दात १ लाख रुपैयाँ हुनुपर्छ । त्यस्तै मध्यमस्तरको लागि ‘प्राइड’ योजना छ । यसमा न्यूनतम ब्यालेन्स ५० हजार रुपैयाँ हुनुपर्छ । त्यस्तै, न्यूनतम ब्यालेन्स २५ हजार रुपैयाँ राखेर पार्टनर योजनामा खाता खोल्न सकिन्छ । फाइदाहरू फरक परे पनि यी सबै खातामा ब्याजदर भने एउटै हुन्छ ।

यस बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा सर्वाधिक उच्च ब्याजदर, रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् ।

जसमा खाता खातावाला एवं निजले मनोनित गर्नुभएका परिवार सदस्य वा अन्य ३ व्यक्तिहरूले समेत प्रतिव्यक्ति कुल २१ लाख रुपैयाँसम्मको बीमा फाइदा समेटिएको छ । यस २१ लख रुपैयाँ सम्मको खातामा दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा असक्त भएमा १० लाखसम्मको दुर्घटना बीमा, १८ वटा घातक रोगहरूका लागि १० लाखसम्मको घातक रोग बीमाा र १ लाखसम्मको औषधि उपचार बीमा फाइदा प्राप्त गर्न सकिनेछ । त्यसैगरी प्राइड श्रेणीमा खातावाला एवं निजले मनोनित व्यक्तिको बीमा सुरक्षित गरिएको छ भने पार्टनर श्रेणीमा खातावालाको मात्र बीमा सुरक्षित छ । मनोनित व्यक्तिले माथिका फाइदा प्राप्त गर्नका लागि यस बैंकमा शून्य मौज्दात भएको बचत खाता खोल्नुपर्ने नियम राखेको छ ।

गुडविल एम्बेसडर श्रेणमा बीमा फाइदा लाभग्राही अवधि कुल फाइदा

बैंकले २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापत रू.४ करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको छ ।

त्यस्तै बैंकले हरेक वर्गका ग्राहकले यस योजनाबाट फाइदा पाउनु पर्छ भनेर फरक किसिमको ‘कस्टुमर सेग्मेन्ट’ पनि उपलब्ध गराएको छ । जस्तो कि सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ मुद्दति बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता रहेका छन् । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा फाइदा समेत प्राप्त गर्न सक्नेछन् ।

रोशनकुमार न्यौपाने, सीईओ

पाँच वर्षसम्म सबै सेवा निःशुल्क

एन आई सी एशियाको सर्वश्रेष्ठ बचत खातामा भएको अर्को महत्वपूर्ण पक्ष भनेको यसले विभिन्न डिजिटल सेवाहरूमा दिएको पाँच वर्षसम्मको निःशुल्क फाइदा हो । अन्य बैंकहरूले एटीएम, डेबिड कार्ड, क्रेडिट कार्ड एक वर्षको लागि मात्र निःशुल्क उपलब्ध गराउँछन् । एन आई सी एशिया बैंकले भने एम्बेसडर खाता खोल्ने बित्तिकै पाँच वर्षको बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर मार्जिन, लकर सेवा र एटिएम जस्ता सेवाहरू बचतकर्ता एवंं बचतकर्ताले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने छ । यस बचत खातामा प्राप्त हुने सम्पूर्ण २४ सर्वश्रेष्ठ फाइदाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एम्बेसडर श्रेणीको खाता न्यूनतम् १ लाख मौज्दात हुने गरी खाता खोलीसकेपछि ग्राहकले सबै सेवा फाइदाको मौद्रीक मूल्यमा गणाना गर्ने हो भने न्यूनतम रु ११ लाख भन्दा बढी फाइदा प्राप्त गर्न सक्ने बैंकको प्रक्षेपण रहेको छ ।

बेस रेटमा थप १ प्रतिशतमै १० गुणा बढि कर्जा पाइने

सर्वश्रेष्ठ बचत खाता अन्तर्गत गुडविल श्रेणीको आकर्षक फाइदा भनेको बचतकर्ताले विशेष पूर्व स्वीकृत कर्जा पाउनु हो । कुनै ग्राहकको एम्बेस्डर गुडविल खाता खोलेर तीन महिनाको लागि १० लाखको औषत मौज्दात खातामा राखेका छन् भने पूर्व स्वीकृति कर्जाअनुसार १ करोडसम्मको ऋण लिन पाउने फाइदा बैंकले दिएको छ । पूर्व स्वीकृत कर्जा फाइदा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी केवल ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सक्नेछन् । अहिले अन्य बैंकमा हेर्ने हो भने सामान्यत बेस रेटमा ४ प्रतिशतसम्म ब्याजदर लाग्ने गरेको छ ।

स्विप इन–स्विप आउट सुविधाः बचत खातामै मुद्दती निक्षेपको ब्याज

ग्राहकहरूको मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोच अनुरुप नै बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना ल्याएका हो । जसलाई बैंकले स्विप इन–स्विप आउट नाम दिएको छ । यस सुविधा अन्तर्गत ग्राहकको खातामा रू. २,००,००० भन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रू. १०,००० ले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर ग्राहकलाई उपलब्ध गराइने छ ।

जसले गर्दा ग्राहकले बचत खातामा प्राप्त गर्ने ब्याज भन्दा थप ४३ प्रतिशत बढी ब्याज आर्जन गर्न सक्नुहुनेछ । यसले गर्दा ग्राहकले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम ग्राहकको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने व्यवस्था समेत रहेको छ । यदि ग्राहकले तीन महिना अगावै (म्याच्युरिटी हुनु अघि) रकम स्विप आउट अथवा झिक्नुभएको खण्डमा सो रकममा बचत खाताकै ब्याजदर प्राप्त हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ११:५८   :  बजे

636
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।