Logo

धर्म / संस्कृति

लिम्चुङबुङको नगरेमा बुद्ध मूर्ति स्थापना



उदयपुर । लिम्चुङबुङ गाउँपालिकाको नगरेमा ग्याल्पो ल्होसारको अवसरमा बुद्ध मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाले बौद्ध धर्माबलम्बीको सम्मानमा शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बुद्ध मूर्ति स्थापना गरी अनावरण गरेको हो ।

शेर्पा समुदायको बाहुल्यता रहेको पालिकाको वडा नम्बर ३ नगरे गाउँमा बुद्ध मूर्ति राखेर अनावरण गरेको पालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिए ।

ल्होसारको विशेष कार्यक्रमसँगै पालिका अध्यक्ष मेजरकुमार राईले बुद्ध मूर्तिको अनावरण गरेका हुन् । 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।