कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले कर्णfली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिने बताएका छन्।
प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने तयारी भइरहेका बेला उनले भने, ‘यो संघीय सरकारको निर्णय होइन, यदि त्यसो हो भने त्यो अपरिपक्व निर्णय हो।’
संघीय सरकार मातहत हुँदाको क्षेत्रीय अस्पताल सुर्खेतमा वार्षिक दुई करोड बजेट र ८३ जना जनशक्ति रहेकामा त्यसलाई प्रदेश अस्पतालमा स्थापना गरेपश्चात् अहिले स्वीकृत दरबन्दी ३२५ पु-याइएको उनले बताए। ‘अस्पतालको क्षमता विस्तार गरी ३०० बेड बनाइएको छ भने हालसम्म करीब रु दुई अर्ब बजेट लगानी गरिएको छ तर व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेछ, ‘उनले भने।




















प्रतिक्रिया