Logo

कोशी प्रदेश

प्रदेश १ की मन्त्री राई भन्छिन्- खोपका लागि पहल भइरहेको छ



प्रदेश १ सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिन्। 

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग भएको छलफलका क्रममा मन्त्री राईले कोरोना सङ्क्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने उनले बताइन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकका लागि खोपको व्यवस्था गर्न माग गरे। रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।