Logo

टिप्पणी

नेपाली कांग्रेसमा डा. शेखर कोइरालाकै चित्त बुझेन, कार्यकर्ताको कसरी बुझ्ला ?



स्थानिय तहको निर्वाचनको मिति जति नजिक आइरहेको छ उती सरगर्मी बढिरहेको छ । शहरबजार देखी गाँउको दूर दराजसम्म एकै पटक चुनावी चटारोले नेता र जनता सबैलाई छोपेको छ ।

एकातिर प्रधानमन्त्री शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन बनेको गठबन्धन र अर्को तिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाबीचमा यस पटकको चुनावी भिडन्त हुने पक्कापक्की भएको छ तर यहि बिषयले नेपाली कांग्रेस भित्र भने एकमत हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निकै आक्रामक रुपमा चुनावी गतिविधीलाई देशव्यापी बनाएको छ । एमाले एक्लै चुनाव जित्न सक्छु भन्दै चुनावी मैदानमा होमिएको छ । कांग्रेस लगायतका अन्य दलहरुको गतिविधी भने सुस्त देखिएको छ । एक्लै चुनावी गतिविधी गर्ने की गठबन्धन सहित कुद्ने भन्नेमा अन्यौलता देखिएको छ ।

स्थानिय तहको निर्वाचनका लागि कांग्रेसले नारा तय गरेको छ घरघर जाउँ कांग्रेस जिताउँ । अहिले कांग्रेसको नारा र पारा नमिलेको भन्दै आलोचना भइरहको छ । आलोचना गर्नेमा अरु नभएर कांग्रेसकै उच्च तहका नेता देखी तल्लो तहका कार्यकर्ता सम्म रहेका छन् ।

नारा घर घर जाउँ कांग्रेस जिताउँ भन्ने तर व्यवहार चाँही घरघर जाउँ माओवादी जिताउँ भन्नु पर्ने यो त अती नै अव्यवहारिक भएको तर्क कांग्रेसजनले गरेका छन् । एकातिर कांग्रेसको चारतारे झण्डा र अर्कोतिर हसिँया हथाौडाको झण्डा बोकेर हिड्न निकै कठिन भएको एक कांग्रेस नेताले गुनासो गरे ।

नेपाली कांग्रेसकै नेता डा. शेखर कोइरालाले पनि सार्वजनिक रुपमा यस्ता प्रश्न गरेका छन् ।’ घर घर जाँउँ कांग्रेस जिताउँ भन्ने नारा तय गरेर कसरी घर घर जाउँ माओवादी जिताउँ भन्ने ? यो त विचार नमिल्ने कुरा भयो सुन्दा सामान्य लागे पनि यो कुरा निकै गम्भिर कुरा हो’ कोइरालाले भनेका छन् ।

कतिपय ठाउँमा गठबन्धको बैठक बस्ने र केही गतिविधीको तस्विर सामाजिक संजालमा सार्वजनिक भएका छन् जसको पनि निकै खिसिट्यूरी गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले आलोचना गरेका छन् । कांग्रेसको चारतारे झण्डा, माओवादी केन्द्रको हसिँया हथौडा र नेकपा एसको कलम चिन्ह सहितको झण्डा बोकेर लाम लागेकाहरुको तस्विर अहिले मजाकको रुपमा भाइरल भइरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०७:२६   :  बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।