Logo

कोशी प्रदेश

केपी ओलीको गृहनगर दमकको मेयरमा राप्रपाबाट राम थापा उठ्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ ।

शनिबार दमकमा आयोजित पार्टीको आमसभामा थापाले उमेदवारी घोषणा गरेका हुन् । राप्रपाको प्रदेश १ अध्यक्ष थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन् ।

उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन् । झापामा राप्रपाको संगठन प्रभावकारी छ । झापा क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधि सभाको निर्वाचन जितेको थियो ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयकार्यमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । प्रदेश-१ संसदमा पनि राप्रपाको प्रतिनिधित्व छ । झापामै २०७४ को स्थानीय तह निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपा विजयी भएको थियो ।

दमकमा आयोजित आमसभामा एक हजार भन्दा बढी व्यक्ति राप्रपामा प्रवेश गरेका प्रवक्ता मोहन श्रेष्ठले बताए । अध्यक्ष लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उमेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार ०८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।