वैशाख ३० गते स्थानीय निकायको निर्वाचन मिति घोषणा भएको छ । जति जति निर्वाचनको मिति नजिकिँदै छ, त्यति त्यति माहौल तात्दै गएको छ । यसै सन्दर्भमा चितवनको राप्ती नगरपालिकाबाट यसपटक नेकपा एमालेबाट उम्मेदवारका रुपमा घनश्याम कडेलको नाम चर्चामा छ ।
निर्वाचन परिणामका आधारमा राप्ती नगरपालिकामा नेकपा एमाले बलियो शक्ति हो । यस नगरपालिकामा चितवन निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ र निर्वाचन क्षेत्रमा एमालेका उपाध्यक्ष सुरेन्द्र पान्डे भारी मतान्तरले विजयी भएका थिए । कडेल एमाले जिल्ला संगठन विभाग प्रमुख हुन् ।
कडेलको राजनैतिक पृष्ठभूमि हेर्दा उनको समर्पण र त्याग लामो रहेको र भविष्यमा नगरपालिकालाई अगाडि बढाउन समेत प्रस्ट दृष्टिकोण भएको अनुभबी र जनतासँग भिजेको व्यक्ति मानिन्छन् ।
उनको नेकपा एमाले र खासगरी राप्तीमा राम्रो योगदान छ । उनी प्रखर बुद्धिजीबी पनि हुन् । विध्यार्थी राजनीतिबाट उदाएका नेता कडेल लोकतन्त्रका लागि अनवरत लागेका योद्धा हुन् । राप्तीको नगर प्रमुखमा उनको सम्भावना प्रबल रहेको स्थानियहरुले बताउने गरेका छ्न् ।





















प्रतिक्रिया