Logo

दैनिक रुपमा बढ्यो निको हुनेको संख्या



नेपालमा शनिबार थप चार हजार ४८७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको  सङ्ख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।

यसैगरी छ हजार ८० जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको मृत्यु भएको छ । 

योसहित नेपालमा कोरोनाबाट मृत्यु  हुनेको सङ्ख्या सात हजार १६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका अनुसार १४ हजार  छ  जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन विधिबाट गरी कुल १४ हजार ७५२ जनाको कोभिड–१९ परीक्षण गरिएको थियो । 

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ५०९ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जना सङ्क्रमित उपचाररत छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।