Logo

गण्डकी प्रदेश

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन आज, पाण्डे र खड्का भिड्दै



राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि आज साेमबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ। 

दाङकाे घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन्।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेका अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनी कारबाहीमा परेका थिए। उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेकाे हाे।

लुम्बिनीमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन्।  पालिकाका प्रमुख-उपप्रमुख गरी दुई सय १७ जना मतदाता छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिकाकाका प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।