Logo

गण्डकी प्रदेश

लुम्बिनी उपनिर्वाचनमा बिवाद, विपक्षीले दिए निवेदन



लुम्बिनी प्रदेश राष्ट्रियसभाको रिक्त एक सिटका लागि हुन लागेको उपनिर्वाचन बिवादित बनेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)ले कारवाही गरेका चार जना प्रदेश सांसदलाई पनि मतदानको अघिल्लो दिन मतदाताको अधिकार दिएपछि बिवाद उठेको हो । 

जसपाले सांसदबाट हटाएपनि तत्काललाई पद कायम नै रहने भने सर्वौच्च अदालतले दिएको अन्तरिम आदेश र बाँकी विचाराधिन मुद्धा रहेका सांसदहरुले मतदानको अधिकार पाएपछि विपक्षीहरु आयोको भूमिका प्रति सशंकित बनेका छन् । उनीहरुले आयोगको निर्णय सच्याएर मतदाताको सूचीबाट नाम हटाउन निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् ।

विपक्षी गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डेले आयोगमा निवेदन दिएका हुन् । जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीले मतदाताको अधिकार पाएका छन् । 

राष्ट्रियसभा उपनिर्वाचनमा एक जना प्रदेश सांसदको मतभार ४८  रहन्छ । यसो गर्दा चार जना प्रदेश सांसदको मतभार १९२ हुन आउँछ । यो मतभार निर्णायक हुन सक्ने भयले विपक्षीलाई पिरोलेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १०:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।