सोमबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सुन प्रतितोला दुई सय रुपैयाँले उकालो लागेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक कारोबार दिन अगाडि छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजबी सुन पनि तोलामा दुई सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबार सुनको मूल्यसँगै चाँदीको पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया