Logo

विचार / ब्लग

ढकारी : मेरो प्यारो गाउँ



सुन्दरताले भरिपुर्ण प्यारो मेरो जन्मभुमि हेर्दा रमाइलो लाग्ने त्यो गाउँ निकै रमाइलो छ । त्यही माथि वरिपरी घर अनि बिचमा जाल्पा मन्दिर रहेको छ । यहाँ डाँडाकाडाले र बिहान उठ्दा सेता हिमालहरु देखिन्छन् । यहाँका मानिस निकै मनका सफा छन् । यहाँ आफ्नै गाउँको विकासको लागि धेरै संघर्ष गरिरहेका छन् ।

यहाँ पहिला साना साना घरहरु थिए अझै पनि छन् र धेरै जस्तो पक्की भवनहरु बनाउन थालेका छन् । धेरै जस्ता समाजका मानिसहरु सहर बसाइँ गर्ने गर्छन् तर अहिले भन्ने गाउँको विकास र गाउँका युवाहरु गाउँ मै केही गरुन् भन्ने बुढा पाखाको भनाइ रहेको छ । प्यारो समाज ढकरीको विकासका लागि आफ्नै गाउँमा पक्की भवन हरु बनिरहेको छन् ।

समाजलाई अघि बढ्न सजिलो होस भनेर हो ! ठुला महल हरु आफ्नै गाउँमा बन थालेका हुन् । मन त लाग्छ नि सहरमा घर बनाउन तर गाउँमा केही परिवर्तन आवश भनेर गाउँ मै पक्की भवनहरु बन्न थालेका हुन् ।

म केही गर्छु भनेले जे पनि गर्न सक्छन् ! जस्ले जिन्दगीमा संघर्ष गरिरन्छ उसैले केही गर्छ । जसले जिन्दगी देखि हारेको जस्तो गर्छ ! उसैले जीवनमा गएर केही गर्न सक्दैनन् ! हो त्यस्तै हो समाज एक जना राम्रो मान्छे बन्छ भने तेस्तै बन खोज्छ समाजमा कोही कसैले सरकारी जागिर खान थाल्यो भने समाजका सबैले सोच्नु हुन्छ ! पल्लो घरको साथिले त सरकारी जागिर खान थाल्यो, म पनि सरकारी जागिर खान्छु, भनेर तयारी गर्न तिर लाग्छन् । देखासिकि र समाज यसरी नै अघि बड्छ ।

यहाँका मानिसहरु जाल्पादेवि मन्दिरको पुजा गर्ने गर्दछन् ! असोजमा पर्ने दशैँमा जाल्पा देवि मन्दिरमा राँगा बोका बलिदिने चलन छ ! देश बिदेशमा भएका दाजुभाइ दिदी बहिनी सबै दशैमा स्वदेश फर्केका हुन्छन् ! एक रात देखि बिहान सम्म यहाँ मेला लाग्ने गर्द छ ! यहाँ पुजा गर्ने हरुको निकै भिडभाड हुन्छ ! यहाँ को आफ्नै संस्कृति छ ! रात भर देउडा र झेउरे खेल खेलेर बिताउन्छन् त कोहि लहमाली त कोहि नाच गान मै रमाइलो गर्छन् !

यस समाजमा पानिको भने निकै अभाव थियो, एक धारामात्र थियो पानी भर्नेको भन्य निकै भिड हुन्थ्यो, कति त झगडा हुन्थ्यो, पानी भर्नको लागि यहाँको समाजलाई पानीको निकै अभाव थियोे, पछिल्लो समयमा अहिले भने घर घर मा पानीको धाराहरु रहेका छ । सबैको घरको अगाडि तरकारी लगाउन्छन बजारबाट तरकारी किन्नु परेको छैन । अहिले भने पानीको अभाव नभएर तरकारी पनि लगाउन पाएका छन्। अहिले यहाँको समाजलाई पानीको कुनै अभावमा छैन ।

यहाँका मानिसहरु घास दाउराको लागि जंगल जाने गर्छन् । जंगलमा जादा आनन्द आउन्छ, जंगलको चारैतिर हेर्दा घना जंगलहरु देखिन्छ । भिर पाखा अझ माथि डाँडा काडा सबै ठाउँ दिखिन्छ । डाँडा बाट सबैतिर हेर्दा आन्नद आउने गर्दछ ।

सदरमुकाम देखि ढकारीसम्म छ । ५५ किलो मिटर सडक २०७२ सालमा कटाइएको हो । बिहान आठ बजे गाडी छुट छ,सदरमुकाम,मंगलसैनमा 11 बजे तिर पुगाउन्छन् , सधै तेहि समय हुदैनन्, रहेछ मैले पनि भोकेको छु दुःख गाडीको ढकारीबाट बिहान आठ बजे चढेको म गाडीमा साझ त्यो गाडी लाई छोडेर अर्काे गाडीमा 3 बजे पुगेको छु, बिच बाटामा गाडीका पाङ्ग्रा फुटेर समस्या आएको थियो । कहिले बन्ला सडक पिच अब स्थानीय चुनाव आउँदैछ, सडक पिच हुन्छ कि भने आसमा त थिएँ ! तर कसैले आवाज उठाउँछ त आवाज उठाएको भरमा आफ्नो भँुडी भर्ने गर्छन् !

सहल्लाको चोक्टा र घिउ हालेर बालेरको त्यो बत्ति बिताएका ति दिन बाजेले बाजेकै पालामा सोलरको बत्ती पुग्यो, हुदा हुँदै प्यारो ढकारीमा बिजुली बत्ती पनि पुगेछ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १३:०९   :  बजे

594
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।