काठमाडौं । एनआईशी एशिया बैंकले सर्वसाधारणको रकममा चरम दुरुपयोग गर्ने गरेको पाइएको छ । प्रचारबाजीमा रमाउने बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आफ्नो प्रचारमा मात्रै करोडौं खर्च गर्ने गरेका छन् । सीईओ न्यौपानेलाई यस्ता कार्यमा भने उनी निकट बैंकका कर्मचारी सरोज भट्टराईले साथ दिइरहेका छन् ।
मिडिया मोविलाइजेसन भनेर करोडौं रुपैयाँ छुट्याएको बैंकले उक्त रकम भने सीईओको प्रचारमा मात्रै खर्चिने गरेका छन् । बैंक निकट उच्च श्रोतका अनुसार सीईओले सञ्चारमाध्यममा संप्रेषण गर्ने हरेक सकारात्मक समाचारमा आफ्नो फोटो अनिवार्य छाप्न निर्देशन दिएका छन् । हालै मात्र अनलाइनपानालाई नारी बचतको खाताको समाचारमा समेत सिइओको फोटो राख्न भट्टराईले निर्देशन नै दिए ।
सीईओ न्यौपानेले सर्वसाधारणको रकम कति दुरुपयोग गर्छन् भन्ने कुरा यस अघि पनि छर्लङै छ । विभिन्न अवार्ड लिन समेत न्यौपानेले बैंकको पैसा खर्चिने गरेका छन् । सीईओ न्यौपानेले अनावश्यक प्रचारमा ठूलो रकम खर्चिने गरे पनि बैंकले सेयरधनीहरुलाई भने लाभांश नै खुवाउन सकेको छैन ।

राष्ट्र बैंकले नै एनआईशी एशियालाई लाभांश रोक्का गर्न भनेको छ । सीईओ न्यौपानेले कर्मचारी सरोज भट्टराई मार्फत बजेटको चरम दुरुपयोग गर्ने गरेका छन् । बैंक श्रोतले दिएको जानकारी अनुसार २ वर्ष अघि मिडियामा जाने बजेट बेंकले कटौति गरेको थियो ।
बजेट कटौति भएपछि ब्राण्डिङमा डिपार्टमा रहेका भट्टराईको ठाउँमा कैलास गौतमलाई ल्याइएको थियो । गजबको कुरा के छ भने चालु आर्थिक वर्षका लागि पुनः भव्य रुपमा बैंकले मिडिया क्षेत्रका लागि बजेट छुट्यायो । त्यस लगत्तै भट्टराईलाई सिइओ न्यौपानेको ठाडो निर्देशनमा पुनः सोही विभागमा ल्याइयो ।
‘हरेक समाचारमा सीईओको तस्बीर राख्न उर्दी जारी गर्ने होस् या बजेटको चरम दुरुपयोग गर्नेमा होस्, सरोज जीले सीईओ सरलाई साथ दिइरहनु भएको छ’ बैंकका एक कर्मचारीले भने, ‘यो विषयमा राष्ट्र बैंकसम्म गुनासो पुगिसकेको जानकारी पाएका छौं, हेरौं अब राष्ट्र बैंकले के गर्छ ।’
याे पनि पढ्नुभयो ?
सीईओको बुवालाई पदक दिलाउन एनआईसी एशिया बैंकको ‘सेटिङ’
एनआईशी एशियाका सीईओ न्यौपाने : ५० लाखमा अवार्ड खरिद, प्रचारमा ‘स्टण्ड’





















प्रतिक्रिया