Logo

प्रमुख समाचार

‘गोबर गणेश’ सीईओलाई सरकारको पदक !



काठमाण्डौं । संविधान दिवसका अवसर पारेर सरकारले विभिन्न पदकहरुबाट विभूषित गरिनेहरुको सूची सार्वजनिक गर्यो । सूची धेरै लामो थियो, जहाँ योग्यलाई भन्दा पनि पार्टीका कार्यकर्ताहरुलाई बाँडिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

यद्यपि पदक पाउनेहरुको लिस्टमा केहि राम्रा र योग्य मान्छे पनि नभएका भने होइनन् । तर कोहि कोहि त यस्ता मान्छेलाई विभूषित हुने सूचीमा राखियो कि जसले पदककै गरिमाको धज्जी उडाउँछ ।

पदकको गरिमालाई नै धज्जी उडाउने गरी विभुषित गर्ने सूचीमा देखिएका व्यक्ति रोशन न्यौपाने हुन् । उनी एनआईशी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पाएर बसेका व्यक्ति हुन् । तर उनी नाममात्रैका सीईओ हुन् । बैंकका अध्यक्ष तुलसी अग्रवाल छन् । बैंकको धेरै काम तुलसी अग्रवालले नै गर्छन् ।

‘गोबर गणेश’ अर्थात मूर्ति बराबर नै सीईओको पद ओगटेर बसेका न्यौपाने मिडियामा समेत खुल्दैनन् । यसको एकमात्रै कारण बैंकका अध्यक्षको दबाब भएको बैंककै अधिकारीहरु बताउँछन् । उसो त उनी बैंकको सीईओ नै बन्न योग्य नभएको चर्चा पनि एकातिर चुलिँदै छ ।

अध्यक्षले आफ्नो इशारामा चलाउनकै लागि न्यौपानेलाई सीईओ नियुक्त गरेको बताइन्छ । बैंकमा ‘गोबर गणेश’को भूमिकामा रहेका उनले कसरी देशका लागि योगदान पुर्याए रु भन्ने विषयलाई धेरैले अचम्म मानेका छ ।

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ४ : ०५ बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।