नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई राति निन्द्रा लाग्न छोडिसकेको बताएका छन् । बिना मगरप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ससुराको त होस्, हवास् उडिसक्यो ।
राति निन्द्रा लाग्न छोडिसक्यो । बुहारीको के हालत हुन्छ । एमालेबाहेक अरु विकल्प छैन ।
उनले महाकाली सन्धी सम्झौताअनुसार कञ्चनपुरको दोधारा चाँदनीमा दुई वर्षभित्र पानी पुर्याउने दाबी गरे । कञ्चनपुरको बैलौरीमा आयोजित चुनावी जनसभालाई बिहीबार सम्बोधन गर्दै उनले आउँदो संसदीय निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्दै दुई वर्षभित्र दोधारा चादनीमा सिचाँइका लागि पानी पुग्ने बताए ।
हामी सरकारमा हुँदा भारतसँग कुरा गरेर सर्भेको काम अगाडि बढाएका छौं । अबको दुई वर्षभित्र दोधारा चाँदनीमा सिचाँइ पुग्छ,उनले भने । उनले अहिलेको सरकारले विकासमा ध्यान नदिएको आरोप लगाए ।
हामीले गुमेको भूमि नक्सामा समेटेर संसदबाट पास गरायौं। राष्ट्रियताको सबालमा एमालेबाहेक अरु कुनै पार्टी नै छैन, उनले भने ।




















प्रतिक्रिया