रौतहट : चन्द्रपुर नगरपालिका-३ भोलनटार बस्ने ३५ वर्षीय कुल बहादुर घिसिङ गोली लागेर आइतबार दिउँसो घाइते भएका छन् ।
सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा अचानक बायाँ घुडामुनि गोली लागेर घाइते भई उपचारका लागि आफन्तले नयाँ मेडिकल कलेज चितवनमा लगेको खुल्न आएको छ । हाल उनको अवस्था गम्भीर रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















प्रतिक्रिया