Logo

पशुपति क्षेत्रमा साधुमाथि आक्रमण



महानगरीय प्रहरी वृत्त गौशालाले पशुपति क्षेत्रमा रहेका साधुमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरेको छ । सोमबार पशुपतिमा रहेका साधुलाई हातपात र गाली गलोज गर्ने महान नेपाल नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो भने उक्त हर्कतमा संलग्न बिजय घिमिरे नामक अर्का व्यक्ति युटुव सञ्चालक फरार रहेका छन् । 

पशुपति क्षेत्रको हंशमण्डपमा बसिरहेका साधुमाथि हातपात गरिएको भिडियो खबर बुलेटिन टिभी नामक युटुवमा भाइरल भएको थियो । त्यो भिडियो भाइरल भएसँगै पशुपति क्षेत्र विकास कोषले महानगरीय प्रहरी वृत्त गौशालालाई निज आक्रमणकारीहरुलाई कारवाही गर्न पत्र लेखेको थियो । कोषको पत्र प्राप्त हुनासाथ प्रहरीले पशुपति क्षेत्रकै भण्डारखालबाट नेपाललाई नियन्त्रणमा लिएको हो ।

कोषले पशुपति क्षेत्रमा युटुवर र अभियन्ताका नाममा अशान्ति मच्चिएपछि उक्त क्षेत्रमा खाना लगायतका राहत वितरण कार्यहरु नगराउन समेत प्रहरीलाई आग्रह गरेको छ । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले उक्त क्षेत्रमा धान्नै नसकिने गतिविधि बढेकोले प्रहरीलाई पत्र लेखिएको बताए । विशुद्ध धार्मिक क्षेत्रमा अभियन्ताका नाममा हुने गरेका यस्ता कार्यहरुले पशुपतिको गरिममै ठेस पुर्‍याएकाले प्रहरीको सहयोग मागिएको डा. खतिवडाको भनाई रहेको छ । 

महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी उपरिक्षक जितेन्द्र बस्नेतले कोषको पत्र प्राप्त भएपछि नेपाललाई नियन्त्रणमा लिएको बताए । घिमिरे र युटुव सञ्चालकलाई पनि बोलाईएको बस्नेतको भनाई रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १५:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।