फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा चड्कन हिर्काएका भनिएका एक जनासँग हतियार र हिटलरकाे आत्मकथा भेटिएकाे छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका थिए।
थप्पड हिर्काएकाे आराेपमा पक्राउ परेका उनीसँग हतियार र हिटलरकाे आत्मकथा माइन काम्फ भेटिएकाे बिबिसीले उल्लेख गरेकाे छ।
फ्रान्सेली मिडियाले उल्लेख गरेअनुसार २८ वर्षीय ती युवकलाई नियन्त्रणमा लिए पश्चात उनकाे घरमा छापा मारिएकाे थियाे।

















प्रतिक्रिया