Logo

समाचार

फ्रान्सेली राष्ट्रपतिकाे गालामा झापड हान्ने युवकलाई चार महिना कैद



फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा झापड हान्ने युवकलाई चार महिना कैद सुनाइएको छ।

राष्ट्रपतिलाई सार्वजनिक स्थलमा झापड हानेकाे आराेपमा पक्राउ परेका २८ वर्षीय दामियन तारेललाई भ्यालेन्सको एक अदालतले बिहीबार ‘सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध हिंसा गरेको’ अभियोगमा दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो। 

सुनुवाइका क्रममा तारेलले आफूलाई  म्याक्रोंका कारण फ्रान्स उधो गतितिर गइरहेको लाग्ने बताएका छन्।

उनले गत मंगलबार एक सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंको गालामा थप्पड हानेका थिए। उनी तत्काल पक्राउ परेका थिए। एजेन्सी

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।