भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्षमा एमालेका किरण राई विजयी भएका छन् ।
२ हजार ४ सय ९९ मतसहित राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नगेन्द्र भुजेलले १ हजार ६ सय ८८ मत पाए ।
उपाध्यक्षमा पनि एमालेकै ज्योत्सना राई २ हजार ४ सय ६ मत ल्याएर निर्वाचित भइन् । निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले १ हजार ७ सय ६९ मत प्राप्त गरिन् ।




















प्रतिक्रिया