Logo

अर्थ

सुनको मूल्य तोलामा २०० ले बढ्याे



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९६ हजार २०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ११:३६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।