Logo

लक्ष्यभन्दा ६७ प्रतिशतले राजश्व वृद्धि



ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८/७९ सुरुआत हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । 

गाउँपालिकाले चालु आव २०७८/७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा ३३ लाख एक हजार ४३४ रुपैयाँ आन्तरिक राजश्व सङ्कलन भएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी जुहानले बताए । पालिकाको लक्ष्यभन्दा ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न गाउँपालिका सफल भएको सूचना अधिकारी चुहानले बताए । लक्ष्यभन्दा १३ लाख २६ हजार ४३४ रुपैयाँ राजस्व सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले १० लाख १७ हजार ३० रुपैयाँ राजश्व संकलन गरेको छ । गाउँपालिकाले तीन लाख ७१ हजार ५५१ रुपैयाँ बेरुजु असुल गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए । आठ लाख १३ हजार ६०० रुपैयाँ ढुङ्गा, गिट्टी, बालुवा ठेक्कावापत गाउँ कार्यपालिकाले राजश्व असुल गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । कर दस्तुरवापत वडा नं १ थिङ्लाबुले दुई लाख ६६ हजार ८४१ रुपैयाँ, वडा नं २ सान्थाक्राले तीन लाख २४ हजार ५७० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै वडा नं ३ ले ५० हजार ७१० रुपैयाँ सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ४ ले एक लाख २९ हजार १११ रुपैयाँ सङ्कलन गरेको छ । वडा नं ५ ले तीन लाख ९०० रुपैयाँ र वडा नं ६ ले रु २७ हजार १२१ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताए । 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १५:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।