Logo

अर्थ

डंगोलद्वारा सगरमाथा आरोहण



काठमाडौं । हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ॐनिका डंगोल सहितको सगरमाथा आरोहण टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८।८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन् ।

काठमाडौं फर्किएपछि एअरलाइन्स्द्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए । उनले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । ॐनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौं । यस परियोजनामा धेरै जोखिम र चुनौतीहरू थिए, र म हरेक दिन उनको सुरक्षाको लागि चिन्तित थिएँ । तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले यो परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ । हिमालय एअरलाइन्स्का लागि यो वास्तवमै सुखद उपलब्धि हो । यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ ।

हिमालयले आफ्नो ऐतिहासिक परियोजना “हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो । तत्पश्चात् एअरलाइन्स्ले आफ्नी उडान परिचारिका डंगोलकासाथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो । डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।