इटहरीको नगरकार्यपालिकामा नेकपा एसको पत्तासाफ भएको छ । आज सार्वजनिक भएको अन्तिम नतिजाअनुसार मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी भएका छन् भने २० वडा अध्यक्षमा १४ एमाले, पाँच कांग्रेस र एक एमालेको बाघी उम्मेदवार विजयी भएका छन् ।
एमालेले २, ३, ४, ५, ७, ९, ११, १२, १५, १६, १७, १८ र १९ वडा अध्यक्ष जितेको छ भने नेपाली काङ्ग्रेसले १, ६, ८, १३ र २० वडा जितेको छ ।
वडा नम्बर १४ मा एमालेको बाघी प्यानल स्वतन्त्र उमेदवारकोरूपमा विजयी भएका छन् ।
इटहरीको काङ्ग्रेस, माओवादी र एसको गठबन्धनमा एसले उपमेयर केशव विष्टसहित वडा नम्बर १४ मा वडा अध्यक्ष पाएको थियो भने १० र १८ मा वडा अध्यक्ष माओवादीले पाएको थियो । यी कुनै पदमा जित ननिकाल्दा इटहरीको नगरकार्यपालिकामा एस र माओवादीको निल भएको छ ।
माओवादी यसअगाडि पनि नगरकार्यपालिकामा निल थियो भने एसबाट मनोनित नगरकार्यपालिका सदस्यको रूपमा गौरीमान परियार थिए । नयाँ सत्ता समीकरणमा एमालेको एक्लो बहुमत भएकोले अबको मनोनित नगरकार्यपालिका सदस्य पनि एमाले वृत्तकै हुने भएको छ ।




















प्रतिक्रिया