Logo

सुदूरपश्चिम प्रदेश

डडेल्धुरामा घनघाेर वर्षा, रङ्गुनखोला जलाधार क्षेत्रका खाेलामा बाढीकाे जाेखिम



बुधबार बिहान डडेल्धुराकाे गैबडे पुन्टुरा र जोगबुढा क्षेत्रमा घनघाेर वर्षा भएकाे छ। ती क्षेत्रमा तीन ३ घन्टामा ९० मिलिमिटरसम्म वर्षा मापन भएकाे छ।

माथिल्लाे क्षेत्रमा घनघाेर वर्षा भएपछि जल तथा माैसम विज्ञान विभागले रङ्गुनखोला लगायत आसपासका साना खोलामा बाढी आउन सक्ने चेतावनी दिएकाे छ।  बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन पनि भनेकाे छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।